गोर्खा अनलाइन रेडियोलन्डन,
मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेर सार्वजनिक गरेको कारण आज बेलायतवासी नेपालीहरु भारतीय हाइ कमिशन लन्डन अगाडि शान्तिपूर्ण विरोध कार्यक्रमका लागि उपस्थित भएका छन् । 
एनआरएन यूकेको आयोजनामा हुन् गैरहेको उक्त शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, वुद्धिजीवी,व्यवसायी लगायत सैयौंको संख्यामा बेलायतवासी नेपालीहरुको उपस्थिति रहेको छ ।
शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लण्डनस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाउने तयारीका साथ विभिन्न प्लेकार्डहरु बोकेर नेपालीहरुको उपस्थिति रहेको छ ।
गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि विरोध प्रदर्शनको आयोजना गरेको हो ।





