सिमा अतिक्रमण विरुद्ध बेलायतवासी नेपालीहरु भारतीय दूतावास लन्डन अगाडि (फोटो फिचर )

गोर्खा अनलाइन रेडियोलन्डन,

मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेर सार्वजनिक गरेको कारण आज बेलायतवासी नेपालीहरु भारतीय हाइ कमिशन लन्डन अगाडि शान्तिपूर्ण विरोध कार्यक्रमका लागि उपस्थित भएका छन् ।

एनआरएन यूकेको आयोजनामा हुन् गैरहेको उक्त शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, वुद्धिजीवी,व्यवसायी लगायत सैयौंको संख्यामा बेलायतवासी नेपालीहरुको उपस्थिति रहेको छ ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लण्डनस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाउने तयारीका साथ विभिन्न प्लेकार्डहरु बोकेर नेपालीहरुको उपस्थिति रहेको छ ।

गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि विरोध प्रदर्शनको आयोजना गरेको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित