भारतद्वारा गरिएको सिमा अतिक्रमण विरुद्ध आज लण्डनमा विरोध कार्यक्रम गरिंदै

गोर्खा अनलाइन रेडियो लन्डन,

मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेर सार्वजनिक गरेको कारण एनआरएन यूकेको आयोजनामा आज लन्डनमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गरिंदैछ । निश्चित समयमा उपस्थित भइ शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लण्डनस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाउने सम्बन्धमा स्थानीय प्रहरी प्रशासनबाट अनुमति प्राप्त भैसकेको एनआएएन यूकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रम अनुशाशित र मर्यादित ढंगले संचालन हुने भएकोले नारावाजी, होहल्ला र उत्तेजना लाई निषेध गरिएको छ । हालै लण्डनमा घटेको घटनाका कारण लन्डनको सुरक्षा व्यवस्थामा कडाई गरिएको हुँदा प्रहरी प्रशासनले तोकेको सिमा नाघेर कुनै पनि कृयाकलाप नगर्न पनि भट्टराईले आग्रह गरेका छन् । कार्यकरमलाई सफल पार्नको लागि बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्त्जित जनाउनको लागि एनआरएन यूकेले अनुरोध गरेको छ ।

कार्यक्रमस्थल सम्म जानको लागि कभेंट गार्डेन ( पिकाडेली लाईन ) ट्युब स्टेशन र ब्रिटिश रेल मार्फत चेरिंग क्रस स्टेशन बाट पनि पुग्न सकिने छ । तेस्तैगरी बस रुटहरु १६८, १७२, २४३, ६८, र ९ नम्बर बाट पनि कार्यक्रमस्थलमा पुग्न सहज हुनेछ । साथै ट्रफालगर स्क्वारबाट करिब १० मिनेटको पैदल यात्राको दूरी रहेको छ ।

गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन तयारी गरेको अध्यक्ष पुनम गुरुङले जनाइन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित