धरानमा २८ वर्षदेखिको कम्युनिष्ट किल्ला तोडियो, मेयरमा नेपाली कांग्रेस विजयी

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

तिलकले नेकपाका उम्मेद्वार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै २०४८ सालपछिको किल्ला तोडेका हुन् ।

५५ हजार मत खसेको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका छन्। मतपरिणना सकिएपनि निर्वाचन आयोगले घोषणा गर्न भनेँ बाँकी छ।
यसअधिको निर्वाचनमा तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार तारा राई विजयी भएको मेयर पद यस पटक कांग्रेसले खोसेको हो।

दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० वडा मध्ये ५ वडा ९१४, ५, २, १ र १८० मात्रै जितेको थियो। जुनबेला तत्कालिन नेकपा (माओवादी केन्द्र) ले १७ नम्बर तथा तत्कालिन एमालले बाँकी सबै १४ वटै वडा जितेको थियो।

२०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको थियो । २०४८ सालको आमनिर्वाचनमा जित सुनिश्चित गर्न भन्दै तत्कालिन (एमाले)का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा (एमाले)का तारा राई चार हजार मतान्तरले विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित