पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ । पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

विहान झण्डै ७ : ३० बजे मजदुरहरुले काम गरिरहँदा माथिबाट अचानक ढिस्को खसेको हो । अप्ठ्यारो चट्टान रहेकाले उद्धारमा केही ढिलाई भएको थियोे । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पुरिएकाको उद्धार गरेको हो ।

मजदुरहरु सबै सल्यानको बाघचौर नगरपालिका ४ पेडिखोलाका हुन् । ढिस्को खस्दा भागेर बाँच्न सफल रहेका मजदुर खीमलाल बस्नेतले हारगुहार गरेपछि घटनाको बारेमा स्थानीयले जानकारी पाएका थिए । ज्यान गुमाउने पाँचै जनाको शव पोखरा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
नयाँ पत्रिका

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित