जनयुद्धका सबै घटनाको जिम्मावारी लिन्छु : अध्यक्ष दाहाल

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकाक्रममा भएका सबै प्रकारका घटनाको जिम्मेवारी मेलमिलापकै आधारमा टुंग्याउने पक्षमा आफू रहेको बताएका छन् ।

१७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा भएका राम्रा नराम्रा घटनाहरुको जिम्मेवारी आफूले लिने बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘युद्ध निर्मम नै हुन्छ । तत्कालिन माओवादी पार्टी र जनयुद्धको नेतृत्वको हैसियतले जनयुद्धकाक्रममा भएका सबै घटनाको जिम्मेवारी लिन्छु ।’

‘शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि द्वन्द्वमा जे भयो त्यो सबै बिर्सौं’ भन्ने प्रस्तावलाई आफूले नै खारेज गरेको अध्यक्ष दाहालले स्मरण गराए ।

‘त्यति बेला सबै बिर्सौं भन्ने प्रस्ताव आएको थियो । तर मैले यसो गर्नु हुँदैन भने,’ दाहालले भने, ‘किनकी फेरि गलत ढंगले मानिसहरुको हत्या, बलात्कार नहोस् । हत्या, बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै त्यसो गर्न हुँदैन भनेको हुँ ।’

आफूमाथि पनि धेरै मुद्दा रहेको र त्यसमा दोषी ठहरिए कारबाही भोग्न तयार रहेको दाहालले बताए । ‘म माथि पनि धेरै मुद्दा छन्, ती झुठा छन्, सही छन्, पछि थाहा हुने कुरा हो । यदि म दोषी नै ठहरिन्छु भने कारबाही भोग्न तयार छु ।’

सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने र त्यसमा सत्तापक्ष र प्रतिपक्षबीच समझदारी बनेको पनि दाहालले बताए ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित