कञ्चनपुरमा एक युवकको हत्या

महेन्द्रनगर : कञ्चनपुरमा बिहीबार एक युवकको हत्या भएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिका-३ दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैयामा उनको सामूहिक रुपमा कुटपिट गरी हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले कुटपिटबाट हत्या भएको हुनसक्ने बताए । प्रवक्ता चन्दले भने ‘भीमदत्त नगरपालिकाको गोबरैयामा झगडा भएको बुझिएको छ । सोही क्रममा हत्या भएको प्रारम्भिक अनुमान छ ।’

घाइते दीपकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा शंस्कापद दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित