गोर्खा अनलाइन रेडियो लन्डन,
भारतले हालै जारी गरेको नयां नक्सामा लिपुलेक, लिम्पियाधुरा ,कालापानी लगायत नपालको बिभिन्न स्थानको भूभाग आफ्नो नक्सामा पारेको छ । एकतर्फी सिमा नक्सा सार्वजानिक गरेको विरोधमा नेपालका विभिन्न भागमा विरोध प्रदर्शन गरिदै आएको छ । भारतले गरेको सिमा अतिक्रमण विरुद्ध खबरदारी गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजनामा आगामी अक्टुबर २ तारिख सोमवार लण्डनस्थित भारतीय हाइ कमिशन आगाडि शान्तीपूर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरिएको छ ।
गैर आवासीय नेपाली संघ यूकेद्वारा जारी गरिएको एक अपिलमा विरोध कार्यक्रमलाई सफल पार्न सहयोगका लागि बेलायत स्थित सम्पूर्ण नेपाली संघ संस्था, पत्रकार, वकिल, प्राध्यापक, बुद्दिजिवी, नागरीक समाजका अगुवा, सामाजिक अभियन्ता, पूर्ब गोर्खाज तथा सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई आग्रह गरिएको छ । दिउँसो १२ बजे देखी सुरु हुने सो विरोध कार्यक्रममा १२:३० देखि १ बजेसम्म विरोध प्रदर्शन गरिने कार्यक्रम छ ।
विरोध कार्यक्रमलाई सफल पार्न बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई अनुरोध गर्दै अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई लगायत सम्पूर्ण गैर आवासीय नेपाली संघ यूके परिवारले आग्रह गरेको छ । कतिपयले यस्तो विरोध कार्यक्रमको कुनै औचित्य नभएको बताए पनि आफ्नो देशको भूभागमाथि भएको अतिक्रमणको विरुद्ध एक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
विस्तृत जानकारीको लागि तलको भिडियोमा सुन्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=4d9z30-69PA[/embedyt]





