बेलायतमा सम्पन्न तेक्वान्दो खेलमा राजु नगरकोटी र सञ्जिव नेपालीलाई स्वर्ण पदक

गोर्खा अनलाइन रेडियो लन्डन,

भर्खरैमात्र म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा दुई नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटी र सञ्जिव नेपालीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनीहरु क्रमसः ४० वर्ष र ५० वर्ष उमेर समूह अन्तर्गत विजेता बनेका हुन् । ब्रिटिश ओपन तेक्वान्दोमा नेपाल, इग्ल्यान्ड, आयरल्यान्ड, फिनल्यान्ड, ग्रिस, इटाली, जोडर्न, स्पेन, भारत र आयरल्यान्ड लगायतका खेलाडीहरुको सहभागिता रहेको थियो ।

शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको समूहमा राजु नगरकोटीले स्वर्ण र सञ्जिव नेपालीले ४० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । आफ्नै पहलले बेलायत आएर स्वर्ण पदक जित्नु सम्पूर्ण नेपाल र नेपालीहरुकै गर्वको कुरा रहेको भन्दै नेपाली राष्ट्रिय तथा अन्तरास्ट्रीय खेलाडी संघ बेलायतका अद्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले खेलाडीहरुको हौसला बढाउने उद्देश्यले एक सम्मान कार्यक्रमको आयोजना गरेका थिए ।

सोमबार साँझ बेलायतको साउथ ह्यारो स्थित माया पबमा आयोजित उक्त कार्यक्रममा विजयी खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा संघकाबरिष्ठ उपाध्यक्ष सुरज कार्कीले मातृभूमिको नाम अन्तर्राष्ट्रिय रुपमा राख्ने खेलाडीहरु नै वास्तवमा देशका सच्चा सपुत भएको बताउंदै सरकार लगायत विदेशमा रहेका संघसंस्थाहरुले पनि योगदान पुर्याउनुपर्ने बताएका थिए । खेलाडीद्वय राजु नगरकोटी र सञ्जिव नेपाली हाल मकाउमा बस्दै आएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित