विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ

काठमाडौं । चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा चिकित्सक रोहितप्रसाद झाले हातमा हत्कडीमा लाग्नेवित्तिकै ठट्यौली शैलीमा भने ।

मेडिसिटी अस्पतालबाट नियन्त्रणमा लिएर जाउलाखेलस्थित हिरासतमा पुर्‍याएपछि भने झाको अनुहारको रंग बदलियो । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका झालाई भेट्न पुगेकी श्रीमती उनलाई देख्ने बाहिर भक्कानिइन् ।

तब डा. झाले बलात्कार गर्न नखोजेको भन्दै प्रतिवाद गरे । यद्यपि उनी दोषी देखिने पर्याप्त आधार रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

(प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि पनि कर्मचारीमाथि जबरजस्तीकरणी उद्योग गरेको आरोप लागेको छ र १९ असोजमा पक्राउ परेका उनी डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।)

‘होल बढी चेक अप’ गर्न जाँदा…

कीर्तिपुरकी ३० वर्षीया कमला (परिवर्तित नाम) समयसमयमा ‘होलबडी चेकअप’ गराउँथिन् ।

आइतबार नियमित परीक्षणकै लागि मेडिसिटी अस्पताल पुगेर डा. झालाई भेटिन् । अरु दिन डाक्टरको कोठामा छिर्ने वित्तिक एक जना महिला सहयोगी पनि सँगै हुन्थिन् । तर, आइतबार डा. झा एक्लै थिए ।

‘सुरुमा रिपोर्ट हेर्दै उहाँले चुपचाप बस्नु भएको थियो तर, एकैछिनमा प्रोफेसनभन्दा बाहिरको कुरा गर्न थाल्नुभयो’, पीडित महिलाले अनुसन्धान अधिकृतसमक्ष भनेकी छन् ।

‘हाउ ब्यूटिफुल !’

डाक्टर झाले एक्कासी आफ्नो तारिफ गरेपछि कमलाले अचम्म मानिन् । प्रतिक्रिया भने जनाइनन् । हाँसिन् मात्र र रिपोर्टबारे प्रश्न गर्न खोजिन् । झा स्थेस्कोप लिएर कमलाको छेउ पुगे । ‘स्थेस्कोप लगाउनुको साटो छातीमा हात पुर्‍याए’, पीडितले दिएको जाहेरीमा भनिएको छ ।

त्यसपछि उनले आफ्नो संवेदनशील अंगमा समेत हात पुर्‍याएको पीडितले बताएकी छन् । आफू चिच्याउँदै बाहिर निस्किइन् तर झाले भने ‘किसीको मत बताना !’ भनेको उनको बयान छ ।

आइतबारै प्रहरीकोमा, सोमबार कार्यकक्षबाटै पक्राउ

मेडिसिटी अस्पतालबाट निस्कनासाथ कमलाले श्रीमानलाई घटनाबारे जानकारी गराएकी थिइन् । श्रीमानले संयमता अपनाउँदै प्रहरी परिसर, जाउलाखेलसम्म लगे । त्यहाँ जबरजस्ती करणी उद्योगमा किटानी जाहेरी दिने सल्लाह भयो । पहिलो दिन मौखिक उजुरी मात्र दिएर फर्किए । सोमबार लिखित जाहेरी दिएपछि प्रहरीले अस्पतालबाट झालाई पक्राउ गरेर हिरासतमा राख्यो ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईकाअनुसार सोमबार पक्राउ गर्दा कार्यालय समय सकिएकाले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुन पाएन । मंगलबार अदालतमा उपस्थित गराएर म्याद लिई विस्तृत अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

उनीविरुद्ध दुई मुद्दा आकर्षित हुनसक्ने प्रहरीले जनाएको छ । मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम जबरजस्तीकरणी उद्योग र दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसूरमा मुद्दा चल्न सक्छ ।

पहिलो कसूरमा १८ वर्षभन्दा बढी उमेरकी महिला भएकाले ७ देखि १० वर्ष कैद सजाय हुनसक्छ । तर, दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुने भनिएको छ । यस अनुसार ३ वर्षदेखि ५ वर्षको कैद सजाय हुनसक्छ ।

दोस्रो मुद्दामा आरोप पुष्टि भए थप चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । अघिल्लो वर्ष १ भदौदेखि जारी अपराध संहिताले लिंगबाहेक अन्य वस्तु योनीमा प्रवेश गराए पनि जबरजस्ती करणी हुने मानेको छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित