कृषि विकास बैंकका कर्मचारीले गरे करोडौँ रकम दुरुपयोग

काठमाडौँ । नागरिकको निक्षेपमा चल्ने बैंकको रकममा कसरी बदमासी हुँदोरहेछ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दायर गरेको एउटा मुद्दाबाट पुष्टि भएको छ । नागरिकले खाइनखाई जम्मा पारेको निक्षेप सरकारी स्वामित्वको बैंकका एक कर्मचारीको गलत मनसायले निकालेको र बैंकको प्रणालीलाई नै क्षति पु¥याएको देखिएको छ । कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हो ।

कृषि विकास बैंक स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमितविपरीत ३३ करोड ९३ लाख रकम निकालेको पाइएको छ । यस्ता प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाप्रति नै नागरिकको विश्वाससमेत गुम्ने अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छ ।

आयोगले दायर गरेको मुद्दाअनुसार बैंकमा प्राप्त हुने विप्रेषण रकमसमेत नक्कली नागरिकता पेश गरी आफैँले लिएको पाइएको छ । कर्मचारीको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेत सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकामा सो भूमिकासमेत निर्वाह नगरेको पाइएको छ ।

शाखा अधिकृत गौतमले नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोवार देखाई जम्मा पारेको र अन्यत्र पठाएको पाइएको छ । तेजबहादुर थापा नाम खडा गरी सोही नामबाट नागरिकता र राहदानीसमेत बनाई बैंकबाट हिनामिना गरेको रकम लिएर विदेश फरार हुने योजनासमेत बनाएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

आयोगले दर्ता गरेको मुद्दाको विवरणअनुसार शाखा अधिकृत गौतमलगायत कर्मचारीले कार्यालय समयभन्दा बाहेकका समयमा बसी ‘कोर बैंकिङ सिष्टम’ को दुरुपयोग गरी बैंकलाई हानि पु¥याएको तथा आफूले गैरकानूनी लाभ लिएको पाइएको छ । राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्न शाखा अधिकृत गौतमकी जेठी श्रीमती सम्झना पोखरेलसमेत संलग्न रहेको पाइएको आयोगले जनाएको छ । सम्झनाले तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट गैरकानूनीरुपमा निकालेको रकमबाटै कर्जा लिएको, सो रकमको कारोवार गर्न अन्य बैंकका खाता खोल्ने र बन्द गरेको, जग्गा जमानी सबै बेची भारत पलायन हुने योजना समेत बनाएको पाइएको छ ।

गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमलेसमेत श्रीमान्लाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगी भूमिका खेलेको आयोगको आरोप छ । यस्तै शाखा अधिकृत गौतमले निकालेको पैसा व्यवस्थापन गर्न सन्दिप गुप्ता र सूर्यबहादुर लिम्बूसमेत लागिपरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

यस्तै मतियारका रुपमा कृष्णहरि थापा भनिने राजीव थापासमेत सो प्रकरणमा जोडिएको पाइएको छ । आयोगले सोमबार बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम, शाखा प्रबन्धक भरतबहादुर बानियाँ, गौतमकी पहिलो श्रीमती सम्झना र दोस्रो श्रीमती जेनी श्रेष्ठ, मतियारका रुपमा रहेका सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध जनही ३३ करोड ९३ लाख बराबरको बिगो दाबी गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार सरकारी सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका आठै जनालाई कडा कारवाहीको मागसमेत गरिएको छ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित