गोर्खा नालाइन रेडियो लन्डन,
लण्डन । बेलायतका युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गरेका छन ।
बेलायतस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत डा. दुर्गा बहादुर सुवेदी र शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहित कुमार गुरुङ लगायत समाजसेबी तथा बेलायतवासीहरुको रोहबरमा लामिछानेले उक्त शिवलिंग हस्तान्तरण गरेका हुन् । मान्दिन खरिद गर्नका लागि समेत ठूलो रकम सहयोग गरिसकेका लामिछानेले प्रदान गरेको शिवलिंग पनि सबैभन्दा ठूलो सहयोग भएको शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरले बताएको छ ।
ज्योतिष विज्ञान र पौराणिक कथा अनुसार शिव लिङ्ग विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा भक्तजनहरु भाकल गर्ने महादेवको दर्शनका लागि पनि आउने चलन छ ।
तस्विर शिव भण्डारी
व्यवसायी रविजंग लामिछानेद्वारा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरलाई शिव लिंग प्रदान
व्यवसायी रविजंग लामिछानेद्वारा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरलाई शिव लिंग प्रदान
तपाईको प्रतिक्रिया





