बेलायतको अल्डरसटमा चाईना ओरियन्टल सुपर मार्केटको संचालन शुरु

गोर्खा अनलाइन रेडियो लन्डन,

लण्डन। बेलायतस्थित अल्डरसट टाउन सेन्टरमा चाईना ओरियन्टल सुपर मार्केटले आफ्नो व्यवसायको संचालन शुरु गरेको छ । कमल गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, राजु घले, अनिल प्रधान, राजेन्द्र श्रेष्ठ लगायतको समुहको लगानी रहेको उक्त मार्केटमा बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रा सामान बिक्री हुने बताएको छ । उक्त मार्केट संचालनमा ७ लाख पाउण्ड लगानी गरिएको संचालकहरुले बताएका छन् । सुपर मार्केटको उद्घाटन समारोहमा स्थानीय रसमोर बरो काउन्सिलका मेयर सु-कार्टर युवा व्यवसायी तथा समाजसेवी काउन्सिलर प्रवेश केसी,रसमोर बरो अन्तर्गत अल्डरसटका बिभिन्न्न काउन्सिलरहरुले संयुक्त रुपमा सो सुपर मार्केटको विधिवत रुपमा उद्घाटन गरेका थिए । अल्डरसट क्षेत्रमा २० हजार भन्दा बढी नेपालीहरुको बसोवास रहेको छ । उक्त सुपर मार्केटको स्थापना पश्चात विभिन्न मासुका परिकार, नेपाली सामान लगायत एशियन सामानहरु एकै ठाउँबाट उपलब्ध हुने र ग्राहकहरुलाई पनि सुविधा पुग्नेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित