गोर्खा अनलाइन रेडियो लन्डन,
लण्डन। बेलायतस्थित अल्डरसट टाउन सेन्टरमा चाईना ओरियन्टल सुपर मार्केटले आफ्नो व्यवसायको संचालन शुरु गरेको छ । कमल गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, राजु घले, अनिल प्रधान, राजेन्द्र श्रेष्ठ लगायतको समुहको लगानी रहेको उक्त मार्केटमा बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रा सामान बिक्री हुने बताएको छ ।
उक्त मार्केट संचालनमा ७ लाख पाउण्ड लगानी गरिएको संचालकहरुले बताएका छन् । सुपर मार्केटको उद्घाटन समारोहमा स्थानीय रसमोर बरो काउन्सिलका मेयर सु-कार्टर युवा व्यवसायी तथा समाजसेवी काउन्सिलर प्रवेश केसी,रसमोर बरो अन्तर्गत अल्डरसटका बिभिन्न्न काउन्सिलरहरुले संयुक्त रुपमा सो सुपर मार्केटको विधिवत रुपमा उद्घाटन गरेका थिए । अल्डरसट क्षेत्रमा २० हजार भन्दा बढी नेपालीहरुको बसोवास रहेको छ । उक्त सुपर मार्केटको स्थापना पश्चात विभिन्न मासुका परिकार, नेपाली सामान लगायत एशियन सामानहरु एकै ठाउँबाट उपलब्ध हुने र ग्राहकहरुलाई पनि सुविधा पुग्नेछ ।





