मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति

काठमाडौं । सत्तारूढ समाजवादी पार्टीले मन्त्रिपरिषद् पुनगर्ठनप्रति असहमति जनाएको छ । तर पार्टीकै कतिपय नेताहरुले भनेजस्तो बैठकले सरकार छाड्ने निर्णय गरेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो ।

मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए । उनी स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरीत भएको भन्दै असहमति जनाएको छ । ‘यो गठबन्धन संस्कृति विपरीत छ । यसप्रति हामी असहमत छौं,’ बैठकपछि अध्यक्ष यादवले भने ।

तर समाजवादी पार्टीकै कतिपय नेताहरुले भनेजस्तो पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेन । यो सम्भावना तत्काल नरहेको एक पदाधिकारीले बताए ।

बैठकले मन्त्रिपरिषद पुनर्गठन र सरकार गठनका क्रममा भएको संविधान संशोधनको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्ने निर्णय गरेको छ । वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित