रुसी राष्ट्रपति पुटिन काठमाडौं आउँदै

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको नेपाल भ्रमण गराउन सरकार सक्रिय भएको छ। केहीदिन अघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महाशक्ति राष्ट्रका राष्ट्र वा सरकार प्रमुखलाई नेपाल भ्रमण गराउने रकारको प्रथामिकता रहेको बताएका थिए।

यसैबीचमा आगामी डिसेम्बरमा पुटिनको नेपाल भ्रमण हुनसक्ने समाचार शुक्रबारको नेपाल समाचारपत्रमा प्रकाशित भएको छ। समाचारपत्रमा लेखिएको छ, ‘छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गर्नुभएको प्रस· सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्नुहुने भएको छ। पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता’ पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।’

समाचार पत्रले मन्त्रिपरिषद् स्रोतको हवाला दिँदै भनेको छ, ‘राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता ९रूस०बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ।’

समाचारपत्रले अगाडि लेखेको छ, ‘नेपालमा रहेको युरेनियम पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले नेपाल बताए।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालली शनिबार रुसको औपचारिक भ्रमणका लागि मस्को प्रस्थान गर्दै छन्। रुसमा रहँदा मन्त्री ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाभ्रोभसँग २५ नोभेम्बरमा भेटवार्ता गर्नेछन्। २६ नोभेम्बरमा उनले नेपाल–रसिया सम्वन्ध र समन्वयका विषयमा मस्कोस्थित इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्समा प्रवचन दिने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित