बम विष्फोटबाट २ वटा डोजरमा क्षति

काठमाडौँ — सिन्धुली जिल्लाको दुधौली नगरपालिका १४ ककुरठाकुरमा पार्किङमा राखिएको डोजरमा अज्ञात समूहले बुधबार राति प्रेसर कुकर बम विष्फोट गराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पार्किङमा राखिएका ६ वटा जेसीबी र स्काभेटरमध्ये प्रेसर कुकर बम विष्फोटबाट दुईवटाको पूर्ण क्षति भएको छ । अन्यको सामान्य सिसा फुटेको छ ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुरको चुनढुङ्गा खानीमा प्रयोग हुँदै आएका मेसिनमध्ये तीन वटामा वम राखेकोमा एउटा विष्फोट भएको हो । दुइटा मेसिनमा अझै बम छ । सिन्धुली र उदयपुर जिल्लाको सिमाना झाक्रीटारमा पार्किङ गरेर जेसिभि स्काभेटर राखिएको थियो ।

मेसिनमा रहेको बम निस्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली ककुरठाकुर पठाउन समन्वय भइरहेको समेत प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । यसअघि मंगलबार राति निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा अज्ञात समूहले जलाइदिएका थिए । प्रहरीले आगो लगाउने र बम विष्फोट गराउने चन्द समूह रहेको आशंका गरेको छ ।

व्यवसायी बम्जनले चन्दा नदिएपछि डोजरमा बम पड्काइएको आशंका प्रहरीको छ ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित