Home > Blog > घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बनेपा / सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1