नयाँ नियुक्त गरिएका मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेपछि नवनियक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज हुँदैछ। बिहीबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ।

प्रधानमन्त्री ओलीले बुधबार दुई राज्यमन्त्रीसहित आठ जना मन्त्रीलाई पदमुक्त गर्दै तीन राज्यमन्त्रीसहित ९ जना मन्त्रीलाई नियुक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, उद्योग मन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणि खनाललाई पद मुक्त गर्दै भौतिक पूर्वाधार मन्त्रीमा वसन्तकुमार नेम्वाङ, कृषि मन्त्रीमा घनश्याम भुसाल, श्रम तथा रोजगार मन्त्रीमा रामेश्वर राय यादव, उद्योगमा लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमा हृदयेश त्रिपाठी महिला बालबालिकामा पर्वत गुरुङलाई नियुक्त गरेका थिए।

नव नियुक्त मन्त्री र राज्यमन्त्रीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित