जनतालाई अधिकार सम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

रुकुमपूर्व। प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन्।

प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पहिलो पटक पुग्नुभएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको छ भने।

मौलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। उनले प्रदेशलाई सम्पन्न बनाउनको लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराए।

प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पुर्याउन अनुदानकोे लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ छ।

सङ्घीयता कार्यान्वयनपछिको ७७औँ जिल्लाकोरुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकामको टुङ्गो लागि नसकेको अवस्थामा उनले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे पैmसला गर्छ त्यो जनताले स्वीकार्नुपर्ने धारणा राखेख्नु।

उत्तरगङ्गा नदी डाईभर्सनको बारेमा पनि बोल्दै उनले रुक्मेली जनताको सहमतिबिना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताए। उत्तरगङ्गा डाईभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुम पूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उनको भनाइ छ। यसै क्रममा उनले पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहलकोसमेत उद्घाटन गरे।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित