गलकोटको हटिया बजारमा सिसि क्यामेरा जडान

गलकोटको मुख्य बजार हटियामा सिसि टिभि जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसि टिभि क्यामरा जडान गरिएको हो । गलकोट नगरपालिका वडा नं ३ को कार्यलय र उधोग बाणिज्य संघ गलकोटको पहलमा हटिया बजार क्षेत्रको जिप पार्क, लोकतन्त्र चोक, बि।एन।बि चोक, बिच बजार, वडा कार्यलय परिसर लगायतका क्षेत्रमा सिसि टिभि जडान गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए ।
हटियाबजार क्षेत्रको सुरक्षाव्यवस्थालाई मजबुत बनाउनका लागि २ लाखको लागतमा अहिले ६ वटा सिसि टिभि जडान गरिसकिएको र केहि दिन पछि १० वटा सिसि टिभि जडान गरिने उधोग वाणिज्य संघ गलकोटका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिए । गलकोटको मुख्य बजार हटिया व्यस्त बजार भएकोले पनि हटिया बजारको जिपपार्क क्षेत्रमा सवारी दुर्घटना समेत बढ्दै गईरहेको बेला हटिया बजारमा सिसि टिभि जडान गरिनु आफैमा सुखद विषय रहेको स्थानियको भनाई छ । पछिल्लो समय गलकोटमा रातको समयमा अपराधिक गतिविधि बढ्दै गईरहेको बेला यसलाई न्युनिकरण गर्न समेत सिसि टिभि जडान गरिसकेपछि सहज हुने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले बताए ।
सिसि टिभि जडान गरिसकेपछि गलकोटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्न, बजार क्षेत्रमा अपारधिक गतिविधि न्युनिकरण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन समेत सहयोग पुग्ने बताइएको छ ।

जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित