मोटरसाइकल चोरीमा संलग्नको आरोपमा धनुषाबाट ७ पक्राउ

जनकपुरधाम । नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको विशेष टोलीले चाेरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

त्यस्तै, चोरीमा संलग्नको आशंकामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव छन् । त्यस्तै, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि मोटरसाइकलल चोरीको अभियोगमा पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ सातै जनामाथि अनुसन्धान थालिएको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित