आज मन्त्रिपरिषद पुनर्गठन हुँदै

काठमाडौँ। लामो छलफल र तयारीपछि प्रधानमन्त्री केपी ओलीले बुधबार (आज) मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले त्यसको जानकारी मन्त्रिपरिषद बैठकमै गराएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए।

बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै पनि मन्त्रीलाई कतै नजान पनि भनेका छन्। बुधबार नै मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बुधबार कतै नजान भनेका हुन्।

प्रधानमन्त्रीले मंगलबार मन्त्रिपरिषद बैठकमा ‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। सामान्य हेरफेर हुन्छ। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ। कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद। यसलाई अन्यथा नलिइदिनुहोला’ भनेका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

योबीचमा विवादित अभिव्यक्तिका कारण तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए।

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मा र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई बिदाइ दिने तयारी छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित