शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्रालयमा बिपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्वतयारीको लागि निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध गर्न निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका गैर सरकारी संघ संस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ ।

चिसो हिमपात तथा शीतलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो । गत वर्ष सरकारले चिसो हिमपात तथा शीतलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्वल बाडेको थियो ।

कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र र गाउँरटोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित