३७ लाखसहित भारतीय नागरिक पक्राउ

प्रहरीले लामो समयदेखि भारुको अवैध कारोबारमा संलग्न भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार कुलेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३६ लाख (नेपाली रुपैयाँ), एक लाख १९ हजार भारु र विभिन्न बैंकका ३६ लाख ६५ हजार रुपैयाँको चेक बरामद गरेको छ ।

प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरले लामो समयको प्रयासपछि उनलाई पक्राउ गरिएको बताए । ‘सत्यनारायणले भारतीय रुपैयाँको अवैध कारोबार गर्छन् भन्ने सूचना पहिलेदेखि नै थियो । त्यसैले उनी प्रहरीको निगरानीमा थिए । लामो समयको प्रयासपछि पक्राउ गर्न सकिएको हो,’ उनले भने ।

प्रहरीका अनुसार सत्यनारायणले नेपाल–भारत अन्तरदेशीय व्यापारीलाई गैरकानुनी तवरले भारु उपलब्ध गराउँदै आएका थिए । यसो गर्दा उनले बैंकले उपलब्ध गराउने दररेटभन्दा महँगो शुल्क असुल्थे । कालीमाटी वृत्त प्रमुख डिएसपी कँुवरका अनुसार सत्यनारायणले एक सय भारुको एक सय ६३ नेपाली रुपैयाँ असुल्थे । जबकि नेपाल राष्ट्र बैंकले एक सय भारतीय रुपैयाँको एक सय ६० नेपाली रुपैयाँ दररेट निर्धारण गरेको छ । यसरी साटिएका रकम उनले हुन्डीमार्फत व्यापारीलाई उपलब्ध गराउँथे ।

प्रहरीका अनुसार सत्यनारायणबाट एसबीआई बैंकको १८ लाख ५० हजार, सिटिजन्स बैंको आठ लाख १५ हजार, ग्लोबल आइएमईको १० लाख रुपैयाँ उल्लेख भएको चेक बरामद भएको छ ।
नयाँ पत्रिका

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित