ओलीले भारतलाई भने : सीमाबाट सेना हटाऊ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबाट सेना हटाउन भारतलाई आग्रह गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।

ओलीले नेपालले आफ्नो एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने भन्दै भारतलाई यस्तो आग्रह गरेका हुन्। ‘हामी आफ्नो भूमि एक इन्च पनि मिच्न दिदैनौँ, हामीलाई अरुको जमिन चाहिदैन’, प्रधानमन्त्री ओलीले भने, ‘तर हाम्रो जमिनबाट सेना फिर्ता लानुहोस्।’

प्रधानमन्त्री ओलीले यसअघिका शासकका कमजोरीका कारण सीमा मिचिएको र अहिले सरकार मिचिएको सीमा फिर्ता गर्न लागि परेकोसमेत बताए। ‘नेपालको सीमाना अहिले आएर मिचिएको होइन। यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन वर्तमान सरकार सक्षम छ’, प्रधानमन्त्री ओलीले भने।

ओलीले कालापानीको विषयमा सरकार र प्रधानमन्त्री नबोलेको भन्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसको आरोपको खण्डनसमेत गरेका छन्। उनले सरकारले विदेशी फौज फिर्ता गराउन प्रष्ट बताइसकेको उल्लेख गरे।

सीमा विवादका विषयमा सरकार संवाद गर्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ। उनले अतिक्रमित भूमिबाट विदेशी फौज फिर्ता गराएरै छोड्ने दाबीसमेत दोहोर्याए। ओलीले सीमा विवादको विषय अन्तर्राष्ट्रिय मञ्चमासमेत सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ भएर लागि परेको उल्लेख गरे।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित