के.पि. ओली फेरि ग्राण्डी अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्राेतले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री ओली अहिले ग्राण्डी अस्पताल पुगेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनकाे मृर्गौलाको पछिल्लाे समय समस्या देखिएकाे छ ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

पछिल्लोपटक उनको डायलाइसिस थालिएको छ । डायलासिसले नभएमा पुनः मृर्गौला नै प्रत्यारोपण गराउने विषयमा पनि चिकित्सकहरूले छलफल गरिरहेका छन् ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित