घूस लेनदेनमा संलग्न ५ पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लेनदेनमा संलग्न यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृतसहित ५ जनालाई बुधबार पक्राउ गरेको छ ।

अख्तियारले मोटरसाइकल खरिदबिक्रीको रजिस्ट्रेसन पास गरिदिने क्रममा ३ हजार रुपैयाँका दरले घूस लेनदेन गरिरहेको आरोपमा शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधिहरू किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो ।

यस्तै अख्तियारले ६८ हजार रुपैयाँसहित कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका प्रबन्धक आलोक कुमार र वरिष्ठ सहायक रामबाबु महतोलाई पनि पक्राउ गरेको छ । उनीहरूमाथि धान लिलाम गरेको ६८ हजार रुपैयाँ लुकाएको आरोप छ ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित