प्रधानमन्त्री ओली र बङ्गलादेशका राष्ट्रपति हमिदबीच शिष्टाचार भेट

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा घनिभूत रुपमा छफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

बङ्गलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने बचन दिएका छन् । दुबै देशबीच वाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्नेबारे कुराकानी भएको छ ।

नेपाललाई बंगलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पुर्याउने विषयमा पनि छलफल भएको छ ।

व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताए ।

यि सबै कुराको निम्ति प्रधानमन्त्रीले बंगलादेशका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरेका थिए । बङ्गलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता सङ्ग्राम र त्यसलाई मान्यता दिएकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित