बस दुर्घटनामा एकको मृत्यु, २४ घाइते

कार्भेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा सोमबार अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकबाट करीब १०० मिटर तल खस्दा बसमा यात्रारत अन्दाजी वर्ष ६५ का एक पुरुषको मृत्यु भएको छ ।

बाँकी घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । काठमाडौँ सिफारिस गरिएका नीरज कुँवर, विवेक तामाङ र राजु तामाङ तीनै जना तेमालका रहेका प्रहरीले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित