अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

काठमाडौँ – युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसी र उनकी श्रीमती शारदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएको तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बौद्ध प्रहरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले बताए ।

दुवै पक्षलाई राखेर अहिले बौद्ध प्रहरीमा छलफल भइरहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित