सरकारकाे निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने शिक्षा मन्त्रीकाे चेतावनी

काठमाडौं। सरकारले आफ्नो निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताएका छन्।

सोमबार युनेस्कोको बैठकमा सहभागी हुन आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताए। यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने उनले बताए।

मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो। यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन्।

यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा गोबिन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरेका छन्। डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्री पोखरेलले बताए।

अहिले देश सीमा बिबादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसीलाई आग्रह गरे। डा. केसि विभिन्न माग राखी ८ दिन देखि डडेलधुरामा अनसनरत छन्। डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित