बिहुँमा भरुवा बन्दुकसहित चार पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँबाट गस्तीमा रहेको प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । उनीहरुको साथबाट एक नाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक बिक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरुलाई शनिबार नै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान भैरहेको छ । उनिहरुको साथबाट बरामद भएको बन्दुक के प्रयोजनका लागि थियो भन्ने बिषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित