चार बालक ७ दिनदेखि बेपत्ता

नेपालगन्ज — नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कात्तिक १७ गते बेलुकी ८ बजे खाना खाएर घरबाट निस्केका उनीहरू आइतबारसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरू चारैजना सँगै खेल्ने र धेरै मिल्ने साथी हुन् ।

सधैं सँगै खेल्ने र राति सुत्ने समयमा घरमा जाने गरेको भए पनि त्यस दिनदेखि सम्पर्कमा नआएको दिनेश बुढा क्षेत्रीकी आमा गंगाले बताइन् । ‘सबै टोल, खेतबारी, जंगल, जताततै खोजियो,’ उनले भनिन्, ‘कतै पनि भेटिएन । कसैको सम्पर्कमा छैनन् ।’

हराएका चारै बालकका आमाबुवाले खोजी गरिदिन जिल्लाका प्रहरी कार्यालय तथा विभिन्न संघसंस्थामा हुलियासहित निवेदन दिएका छन्।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित