डा. केसीलाई स्थानान्तरण गर्न व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौं : ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए ।

किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटक अनशन बसेका केसीको सोमबार छैटौं दिन हो । चिकित्सकका अनुसार केसीको स्वास्थ्यअवस्था नाजुक भएको छ । केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने डडेलधुरा अस्पतालका निमित्त प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले बताए ।

डडेलधुरा अस्पतालले केसीको स्वास्थ्यअवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ। केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने अवस्था रहेको जानकारी सम्बन्धित निकायमा गराइएको डडेलधुरा अस्पतालले जनाएको छ । केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएको चिकित्सकले जनाएका छन् ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित