एनप्याब्सनमा आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुँदै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा एनप्याब्सनका पदाधिकारीले सबै विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइने प्रतिबद्धता व्यक्त गरे।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सामाजिक सुरक्षा योजना समग्र श्रमिकको हितमा आएको उल्लेख गर्दै यस राष्ट्रिय अभियानलाई पूर्ण समर्थन र सहयोग गर्ने बताए ।

उनले भने, “विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशील छौँ। कोषमा सहभागी हुन तयार छौँ।”

सो अवसरमा श्रममन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनामा सहभागिता अनिवार्य विषय भएको उल्लेख गर्दै तोकिएको समयभित्रै सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सूचीकरण गराउन आग्रह गरेका थिए ।

उनले सामाजिक सुरक्षा योजना कार्यान्वयनका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका सुझावलाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लैजाने बताए।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित