Home > Blog > करेन्ट लागेर नवलपरासीमा १ जनाको मृत्यु

करेन्ट लागेर नवलपरासीमा १ जनाको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नवलपरासी । करेन्ट लागेर नवलपरासीको गैंडाकोटमा गएराति एक जनाको मृत्यु भएको छ ।

पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।
अनलाइनखबर

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1