‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ

चलचित्र निर्माता गोविन्द शाही पक्राउ परेका छन्।

चलचित्र निर्माण गर्दा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेका शाहीलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त कालिमाटीले पक्राउ गर्न सहयोग मागेपछि भक्तपुर परिसरले उनलाई पक्राउ गरेको हो।

भक्तपुर प्रहरी परिसर प्रमुख एसपी सविन प्रधानका अनुसार शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ।

कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार शाहीले पहिले अदालतले ‘उपस्थित हुनू’ भन्दा अटेर गरे।

यसपालि पक्राउ पूर्जी नै जारी भएपछि उनलाई समातिएको कुँवरले बताए।

शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए।

फिल्म निर्माण गर्दा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए।

अनुसन्धानपछि प्रहरीले उनलाई पक्राउ गरे पनि तत्कालीन अवस्थामा बन्दीप्रत्यक्षीकरण रिटमा उनी छुटेका थिए।

चलचित्र रिलिज हुनुभन्दा अघि हिसाबकिताबलाई लिएर तीनै जनाबीच विवाद सुरू भएको थियो।

यो विवाद चलचलित्र निर्माता संघ हुँदै प्रहरीमा पुगेको थियो।

शाही विवादमा आएपछि चलचित्र निर्माता संघले उनलाई उपाध्यक्षबाट बर्खास्त गरेको थियो।

‘चलचित्र बनाउँदा भएको हिसाब-किताब बुझावट भएन, पछि हलबाट उठेको रकम समेत नबुझाएपछि हामीले निर्माता संघमा उजुरी गर्‍यौं, त्यहाँबाट पनि उहाँले हिसाब-किताब बुझाउन नमानेपछि प्रहरीमा गएका थियौं,’ खड्काले भने।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित