३ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउछौं : बामदेव

,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने दावी गरेका छन् ।

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् ।

हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताए । अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरे ।

गौतमले भने ‘बितेका २ वर्ष कानुन नियम निर्माण र सम्बृद्धिको जग बसाउने काममा खर्चियौं । अब प्रत्येक महिना जनतालाई यति काम भयो भनेर परिणाम देखाउने गरी अघि बढ्छौं । सम्बृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पारेर छाड्छौं । अबको तीन वर्ष विकास र सम्बृद्धिको वर्ष हुनेछ ।’

नेकपा नेता गौतमले प्रमुख विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको र विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आरोप लगाए । उनले कांग्रेसका क्रियाकलापका कारण ऊ सधैंभरि प्रतिपक्षमै रहने बताए ।

गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो । सरकारका हरेक काममा अवरोध गरेको छ । सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन् । कांग्रेस रचनात्मक विपक्षी हुन सकेन ।’

गौतमले डिपी ढकाल मृत्यु जितेर आएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीले बिचार गरेरै निर्णय लिएको बताए । भक्तपुरमा पूर्वएमालेले उनका उम्मेदवारीप्रति अशन्तुष्टि जनाएका बेला गौतमले अब नेकपामा कुनै समस्या नरहेको बताए ।

गौतमले भने ‘तपाईहरु डिपी ढकाललाई प्रदेश सभा सदस्यमा जिताएर पठाउनुस्, यो तीन वर्षभित्र उहाँलाई मन्त्री बनाउने जिम्मा हाम्रो भयो । त्यसैले अब सबैले भनौं, बल बल सूर्य, बल बल डिपी ढकाल ।’
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित