‘प्रधानमन्त्री ज्यू सबैलाई एक ठाउँमा ल्याउन पहल गर्नुहोस्’ :गगन थापा

काठमाडौं गएको सोमबार भारतले जारी गरेको आफ्नो नयाँ नक्शामा नेपालको भूभाग पनि समेटिएपछि भारतको विस्तारवादी नीति फेरि उजागार हुँदा नेपाले भने त्यसलाई अस्वीकार गर्ने बताइसकेको छ।

देशका राजनीतिक दल, नेता, विद्यार्थी र बुद्धिजिवीहरुले एकजुट भएर भारतीय सो अतिक्रमणवादी घटनाको विरोध गर्नुपर्ने बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले यो विषयमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

नेता थापाले बुधबार साँझ सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै भारतीय एकपक्षीय निर्णय विरुद्ध सबै नेपालीलाई एक ठाउँमा ल्याउन प्रधानमन्त्री केपी ओलीले पहल गर्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्रीज्यू लिपुलेक–कालापानीको वारेमा सरकारले धारणा सार्वजनिक गरेर ठिक गरेको छ।अव अग्रसरताको खाँचो छ। राष्ट्रिय अस्मीतासंग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ। प्रधानमन्त्रीज्यू फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सवैलाई एकठाँउमा उभ्याउन पहल गर्नुहोस्।‬’

यो विषयले नेपालमा तरंग ल्याइदिएपछि देशका प्रमुख दलहरुले आफ्नो धारणा सार्वजनिक गरे पनि दुई महत्वपूर्ण सत्तारुढ दल नेकपा र समाजवादी पार्टी मौन रहेका छन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यो विषयमा पार्टीमा छलफल नभएको बताएका छन्। बुधबार बेलुका डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो हाम्रो पहिलादेखिकै स्ट्याण्डको विषय हो, त्यसमा अडिग छौं तर, पार्टीमा छलफल भएको छैन। पार्टीमा छलफल भएपछि केही भनौला। तर, सरकारको जे धारणा हो हाम्रो पनि त्यहि हुन्छ।’

बुधबार परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले एक पक्षीय रुपमा जारी गरेको नक्शा स्वीकार गर्न नसकिने बताइसकेको छ।
भारतले जारी गरेको नक्शामा नेपालको कालापानी र लिपुलेकसमेत परेको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित