गोर्खा अनलाइन रेडियो लन्डन,

लोकप्रिय गायक अर्जुन सुनामको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द रहेको यस गीतमा बीबी अनुरागीले संगीत दिएका छन् । बी देव पोख्रेल (गिरी) को छयांकन रहेको यस म्यूजीक भीडीयोमा मदन खड्काको निर्देशन र निशान घिमिरेको सम्पादन रहेको छ ।
करिब डेढ दशक लामो समय सांगीतिक क्षेत्रमा बिताइसकेका सुनामका कहाँ पुगेउ नेटो काटी, सुर्खेतमा भुलभुले ताल, तिम्रै यादमा, राम कसम र तिम्रै झल्को आउँछ मेरी निरमाया, हिकारी मायाले मन भिन्दै गरायो लगायतका थुप्रै गीतहरु लोकप्रिय गीतहरु अन्तर्गत पर्दछन ।
“तिमि मेरो” म्यूजिक भीडीयो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=Sl-L2CJAJn0[/embedyt]





