कास्की-२ मा खेमराज पाैडेल कांग्रेसका उम्मेद्वार

काठमाडौं। केन्द्रीय सदस्य धनराज गुरुङले स्थानीय नेतालाई उम्मेद्वार बनाउनु पर्ने भन्दै आफू निर्वाचनमा उठ्ने जनाएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कास्की–२ बाट खेमराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले पुराना नेता पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

कास्कीमा कांग्रेसका अभिभावक समेत भनिने पौडेल प्रतिबन्धित अवस्थादेखि कांग्रेसका सक्रिय सदस्य हुन्। लामो समय शिक्षक पेशामा संलग्न पौडेललाई कास्की क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बनाउने भन्दै २०४८ सालमा राजीनामा दिन लगाइएको थियो। तर पछि उनको ठाउँमा शुक्रराज शर्मालाई उम्मेद्वार बनाएको थियो। शर्मा पनि तत्कालीन एमाले उम्मेद्वार तुलबहादुर गुरुङसँग पराजित भएका थिए।

‘विपी र किशुनजीका अनुयायी र सागदी जीवन बिताउँदै आएको थापा पाएपछि सभापतिजीले उहाँलाई नै टिकट दिने निर्णय गर्नु भएकाे हाे,’ एक नेताले भने।
सर्वस्वीकार्य र आदर्शवादी व्यक्ति भएका कारण पौडेललाई टिकक दिँदा विवाद नहुने र सबैले सहयोग गर्ने देखिएपछि पौडेललाई टिकट दिइएकाे कांग्रेस स्रोतले जनाएको छ।

सो क्षेत्रबाट निर्वाचित नेकपा सांसद एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उक्त क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर जित हासिल गर्ने लक्ष्य कांग्रेसले बनाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित