जुम्लामा सशस्त्रका इन्स्पेक्टरको ‘अचानक’ मृत्यु

सशस्त्र प्रहरी गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको ‘अचानक’ मृत्यु भएको छ।

बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको हो।

‘मंगलबार राति सकुशल खाना खाएर सुत्नु भएको उहाँ बिहान शारीरिक अभ्यास गर्न नआएपछि खोजी गर्दा बेहोस अवस्थामा भेटिनुभएछ। अस्पतालले उहाँलाई मृत घोषित गरेको हो’, सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले भने।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित