भोकमरी अन्त्य गर्ने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुपोषण र भोकमरी अन्त्य गर्न सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोषणसेवा विस्तार अभियानको पाँचौं विश्व सम्मेलनको दोस्रो दिन मंगलबार आयोजित एक सत्रमा उनले यस्तो बताएका हुन् । सम्मेलनको नारा ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ रहेको छ । ज्ञवालीले ‘काठमाडौंदेखि टोकियोसम्म र त्यसपछि पनि स्वस्थ र स्तरीय पोषित भविष्य’ विषयमा बोल्दै सबै प्रकारका कुपोषणविरुद्ध लड्न जनचेनता फैलाउने बताए ।

सन् २०२० मा जापानको राजधानी टोकियोमा विश्वस्तरीय पोषणसम्बन्धी कार्यक्रम हुँदै छ । मंगलबारको छलफल सत्रमा आइभरी कोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले नेपालले पोषण क्षेत्रमा उत्कृष्ट काम गरिरहेको जनाउँदै आफ्नो मुलुकले पनि त्यसलाई पछ्याउने बताए । भोको मान्छे कहिल्यै पनि स्वतन्त्र नहुने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले नेपालको सरकारी क्षेत्र सानो र निजी क्षेत्र ठूलो भएको उल्लेख गर्दै निजी क्षेत्रको सहयोग पोषण क्षेत्रमा महत्त्वपूर्ण हुने बताए । ‘पोषणका लागि बहुपक्षीय क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

पोषण र खाद्य सुरक्षाका लागि राजनीतिक तहमा भएको प्रतिबद्धता र उपलब्धि संस्थागत गरिएको सन्दर्भमा नेपालले विश्व सम्मेलन आयोजना गर्ने अवसर पाएको हो । सम्मेलनमा विभिन्न ८० मुलुकका उच्चपदस्थ प्रतिनिधिसहित करिब १२ सय जनाको सहभागिता रहेको योजना आयोगले जनाएको छ ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित