बाग्लुङमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आईतवार जिल्लामा कृयाशिल राजनीतिक दल निर्वाचनसँग सम्बन्धित कार्यालय प्रमुखहरु र सरोकारवालाको रोहवरमा कार्यालय स्थापना भएको हो ।
वडाको मात्रै निर्वाचन हुने बडिगाड गाउँपालिकामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । प्रदेशसभा उप–निर्वाचनको लागि निर्वाचन आयोगले जिल्ला अदालत बागलुङका न्यायधिश बासुदेव न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालय स्थापना गर्दै न्यौपानेले निर्वाचनलाई सफल बनाउनका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गरे । बडिगाड गाउँपालिका–२ को उप निर्वाचनमा मुख्य निर्वाचन अधिकृत उच्च अदालत पोखरा, बागलुङ इजलाशका रजिष्टार ध्रुव ढकाललाई तोकीएको छ । आगामि बुधबार कार्यालय स्थापना पछि त्यहाँको निर्वाचनका थप कार्यक्रम सार्वजनिक हुने छन् । कार्यालय स्थापना सँगै निर्वाचनका कार्यक्रम समेत सार्वजनिक गरीएको छ ।
प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ । प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुनेछ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् । क्षेत्र नं २ को २ मा हुने निर्वाचनका लागि ४३ वटा मतदान केन्द्र तोकीएको छ । वडिगाड गाउँपालिका–२ मा हुने स्थानिय तह उप–निर्वाचनको लागि भने दुईवटा मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।
बागलुङमा हुने प्रदेश सभा र स्थानीय तह उप–निर्वाचनमा ३६ हजार ९ सय २६ जना मतदाता मतदानमा सहभागी हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित