गायक प्रमोद राजको स्वरमा नृपेश उप्रेतीको ‘मायालु तिमी मेरी हौ’ सार्वजनिक

गोर्खा अनलाइन रेडियो लन्डन,

गायक प्रमोद राज न्यौपानेको स्वर तथा संगीत अनि नृपेश उप्रेतीको शब्द सृजनामा भर्खरै मात्र ‘मायालु तिमी मेरी हौ’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । रोमान्टिक शब्द अनि सुमधुर स्वरमा सजिएको गीतको म्यूजिक भीडीयोमा नायिका बर्षा सिवाकोटी र मोडल भीजु पार्कीको रोमांशले झनै उत्कृष्टता प्रदान गरेको छ ।

यस म्यूजिक भीडीयोमा बर्षा सिवाकोटिको अहिले सम्मकै कामुक तथा ग्ल्यामरस अभिनय देख्न सकिनेछ । उदयराज पौडेलको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भीडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने भीडीयो सम्पादनको काम नवीन निरौलाले गरेका छन् । प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचना नृपेश उप्रेतीले गरेका हुन् ।

गीतमा संगीत संयोजन भने उदय राज पौडेलले गरेका छन । तेस्तै गरि कोरिओग्राफी तथा निर्देशनको कार्य भने गम्भीर बिष्टले गरेका छन् ।यस अघिका म्यूजिक भीडीयोहरु बेलायतमै छायांकन गर्दै आएका गायक प्रमोद राजले यसपटक भने नेपालकै डांडा पाखामा गएर म्यूजिक भीडीयो तयार पारेका छन् । गायक प्रमोद राज र गीतकार हाल बेलायतमा नै बसोवास गर्दै आएका छन् ।

गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।

[embedyt] https://www.youtube.com/watch?v=pm9vc-qmCwY[/embedyt]

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित