गोर्खा अनलाइन रेडियो लन्डन,
गायक प्रमोद राज न्यौपानेको स्वर तथा संगीत अनि नृपेश उप्रेतीको शब्द सृजनामा भर्खरै मात्र ‘मायालु तिमी मेरी हौ’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । रोमान्टिक शब्द अनि सुमधुर स्वरमा सजिएको गीतको म्यूजिक भीडीयोमा नायिका बर्षा सिवाकोटी र मोडल भीजु पार्कीको रोमांशले झनै उत्कृष्टता प्रदान गरेको छ ।
यस म्यूजिक भीडीयोमा बर्षा सिवाकोटिको अहिले सम्मकै कामुक तथा ग्ल्यामरस अभिनय देख्न सकिनेछ । उदयराज पौडेलको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भीडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने भीडीयो सम्पादनको काम नवीन निरौलाले गरेका छन् । प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचना नृपेश उप्रेतीले गरेका हुन् ।
गीतमा संगीत संयोजन भने उदय राज पौडेलले गरेका छन । तेस्तै गरि कोरिओग्राफी तथा निर्देशनको कार्य भने गम्भीर बिष्टले गरेका छन् ।यस अघिका म्यूजिक भीडीयोहरु बेलायतमै छायांकन गर्दै आएका गायक प्रमोद राजले यसपटक भने नेपालकै डांडा पाखामा गएर म्यूजिक भीडीयो तयार पारेका छन् । गायक प्रमोद राज र गीतकार हाल बेलायतमा नै बसोवास गर्दै आएका छन् ।
गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=pm9vc-qmCwY[/embedyt]





