गोर्खा अनलाइन रेडियो लन्डन,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनका लागि संघ, प्रदेश र एक स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ ।
नेकपा सचिवालय बैठकले आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको तय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधिसभाका लागि कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेत्रृ भट्टराई सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री स्व. रवीन्द्र भट्टराईकी पत्नीसमेत हुन् ।
सचिवालय बैठकले दुईवटा प्रदेशका उम्मेदवार पनि टुंगो लगाएको छ जसअनुसार, दाङ ३ (ख)मा विमला ओली र भक्तपुर १ (ख)मा देवीप्रसाद ढकाललाई अगाडि सारिएको छ ।
तेस्तैगरि बाग्लुङमा जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय बैठकले गरेको छ भने सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ ।
अन्य स्थानीय तहका उम्मेदवार भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले टुंगो लगाउने गरी निर्णय भएको प्रवक्त श्रेष्ठले जानकारी दिए ।





