नेकपाद्वारा उपनिर्वाचनका उम्मेदवारको टुंगो

गोर्खा अनलाइन रेडियो लन्डन,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनका लागि संघ, प्रदेश र एक स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ ।
नेकपा सचिवालय बैठकले आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको तय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधिसभाका लागि कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेत्रृ भट्टराई सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री स्व. रवीन्द्र भट्टराईकी पत्नीसमेत हुन् ।
सचिवालय बैठकले दुईवटा प्रदेशका उम्मेदवार पनि टुंगो लगाएको छ जसअनुसार, दाङ ३ (ख)मा विमला ओली र भक्तपुर १ (ख)मा देवीप्रसाद ढकाललाई अगाडि सारिएको छ ।

तेस्तैगरि बाग्लुङमा जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय बैठकले गरेको छ भने सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ ।
अन्य स्थानीय तहका उम्मेदवार भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले टुंगो लगाउने गरी निर्णय भएको प्रवक्त श्रेष्ठले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित