गोर्खा अनलाइन रेडियो लन्डन,
सिन्धुपाल्चो जिल्लाको सुकुटेमा आइतबार दिउँसो करिब एक बजे भएको भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दोलखाबाट माघादेउरालीबाट काठमाडौं आउँदै गरेको बा२ ख७२४५ नम्बरको शैलुङ्गेश्वरी यातायातको बस सुकुटको मगरघाटमा दुर्घटना भएको थियो ।
बस सुनकोसी नदीमा खसेको थियो । ३४ जना यात्रू बोक्ने उक्त बसमा ६७ जना भन्दा पनि बढी यात्रुहरु रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार ५० जना घाइते भएकोमा केहीलाई उपचार पश्चात घर पठाइएको छ । प्रत्यक्षदर्शीका अनुसार केहि यात्रुहरुलाई नदीले बगाएर लागेको पनि घटनास्थलबाट बताइएको छ । प्रतयक्षदर्शीमध्यका एक व्यक्तिको सहयोगमा तत्काल उद्दार गरिएकोले धेरैको ज्यान बचेको छ । 
घटना घटेको दुई मिनेटमै ति व्यक्तिले केहि व्यक्तिलाई लिएर राफ्टिंगको सहयोगले उद्दार गरेका थिए । घटनास्थल र्याहफ्टिङका लागि चर्चित भएकाले र्यााफटिङ बोट र तालिम प्राप्त उद्दारकर्ताको कमि थिएन। तत्काल उनीहरु उद्दारमा खटिएकाले धेरैको ज्यान जोगिएको थियो ।





