सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

गोर्खा अनलाइन रेडियो लन्डन,

सिन्धुपाल्चो जिल्लाको सुकुटेमा आइतबार दिउँसो करिब एक बजे भएको भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दोलखाबाट माघादेउरालीबाट काठमाडौं आउँदै गरेको बा२ ख७२४५ नम्बरको शैलुङ्गेश्वरी यातायातको बस सुकुटको मगरघाटमा दुर्घटना भएको थियो ।

बस सुनकोसी नदीमा खसेको थियो । ३४ जना यात्रू बोक्ने उक्त बसमा ६७ जना भन्दा पनि बढी यात्रुहरु रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार ५० जना घाइते भएकोमा केहीलाई उपचार पश्चात घर पठाइएको छ । प्रत्यक्षदर्शीका अनुसार केहि यात्रुहरुलाई नदीले बगाएर लागेको पनि घटनास्थलबाट बताइएको छ । प्रतयक्षदर्शीमध्यका एक व्यक्तिको सहयोगमा तत्काल उद्दार गरिएकोले धेरैको ज्यान बचेको छ ।
घटना घटेको दुई मिनेटमै ति व्यक्तिले केहि व्यक्तिलाई लिएर राफ्टिंगको सहयोगले उद्दार गरेका थिए । घटनास्थल र्याहफ्टिङका लागि चर्चित भएकाले र्यााफटिङ बोट र तालिम प्राप्त उद्दारकर्ताको कमि थिएन। तत्काल उनीहरु उद्दारमा खटिएकाले धेरैको ज्यान जोगिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित