काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्। आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो।
काउन्सिल अध्यक्षको रुपमा कोइरालाको कार्यकाल चार वर्षको हुनेछ। यसअघि काउन्सिलको अध्यक्षमा डा धर्मकान्त बास्कोटा थिए। गत जेठमा उनको कार्यकाल सकिएपछि अध्यक्षको पद रिक्त्त भएको थियो।





