धर्मलाई सत्तासँग जोडेर नहेर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन्। धापासीस्थित हरिहर मन्दिरमा आइतबार आयोजित विशेष कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस “तुलसी” नेपाली छाया अनुवाद’ को लोकार्पण गर्दै उनले धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गरेका हुन्।

सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उनले समय अनुसार धर्मको परिस्कृत हँुदै जानुपर्ने धारणा राखे। ‘तपाईँ कम्युनिष्टहरु धर्म मान्नुहुन्न’ भन्ने गरेको स्मरण गर्दै उनले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने बताए।

‘सत्ताको सेवक बनेर धर्म चल्नु हुदैन। धर्म सत्ताको सेवक बन्यो भने जनताको आस्थामा सीमित हुदैन त्यो,’ उनले भने, ‘त्यसले पाखण्ड प्रर्दशन गर्न थाल्छ। धर्म नागरिकहरुको आस्था र विश्वास हो। कसैले पनि आस्थामा जोर जुलुम गर्नुहुँदैन। धर्म मानिहरुको आस्था र विश्वास भएकाले आस्था र विश्वास लाई परिस्कृत गर्दै मान्दै लैजानुपर्ने हुन्छ। जोर जुलम गर्नुहुँदैन। हामी कम्युष्टि पार्टीका मान्छेले धर्मलाई यसरी बुझ्छौं।’

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले परापुर्व कालमा पनि देवताहरुले मिलेर श्रृष्टीको शासन चलाएको दृष्टान्त दिदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनितिक दलहरुलाई सुझाव दिए।

उनले रामचरितमानस ग्रन्थ नेपालीमा अनुवाद हुनु नेपालीका लागि साह्रै खुसीको कुरा भएको बताए। अनुवादक आचार्य श्री तुलसीराम कँडेलले नेपाली भाषामा यसअघि पनि रामचरितमानस अनुवाद भएपनि सुद्ध, छन्दबद्ध र पद्यमा नभएकाले आफुले प्रयास गरेको बताए। अवधि भाषाको रामायण महाकाव्य रामचरितमानसलाई सन्तगोस्वामी तुलसीदासले १६ औ शदाब्दीमा रचना गरेका थिए।

रामचरितमानस ग्रन्थको यो चौथो नेपाली अनुवाद भएपनि जस्ताको तस्तै र छन्द र पद्यका दृष्टिले यो नै पहिलो अनुवाद कृति हो। यसअघिका अनुवादमा छन्द मिलाईएको थिएन भने गद्यमा प्रकाशित छन्।

रामचरितमानस दशरथका छोरा रामचन्द्र नायक र जनकपुर धामकी जनकनन्दनी सीतालाई नायिका बनाई रचिएको भक्ति साहित्यको आध्यात्मपरक ग्रन्थ हो। यसमा रामलाई सर्वशक्तिमान नायकको रुपमा प्रस्तुत गरिएको छ। यो ग्रन्थमा आदर्श पिता, आदर्शपुत्र, आर्दश पत्नी, आदर्श भात्तृप्रेम, आदर्श गुरु भक्तिका साथै आदर्श राजधर्मको व्याख्या विश्लेषण गरिएको छ।

अवधि भाषामा तुलसीलदाशद्धारा रचित श्रीरामचरितमानस सबै नेपालीहरुको पहुँचमा पुर्याउने उद्देश्यसाथ हरिहर सन्यास आश्रम देवघाटले जस्ताको त्यस्तै नेपाली अनुवादित श्री रामचरितमानस प्रकाशनमा ल्याएको हो।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित