गोर्खा अनलाइन रेडियो लन्डन,
षष्ठीका दिन बेलुकी अस्ताउन लागेको सूर्रयलाई पूजा गर्दै आरम्भ भएको मौलिक पर्व छठको आज सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई दिंदै यस पर्वको छठ पर्वको समापन गरीएको छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् ।
वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो । पहिले मिथिलावासीले मनाउने यो पर्वले अहिले मिथिला–अवधी संस्कृति जोड्दै छ । मिथिलावासी अति कम रहेको यहाँ बिस्तारै अवधी र पहाडी दुवै समुदायको मुख्य पर्व बन्न पुगेको छ ।
शिव र शक्तिको संयुक्त पूजा हुने छठपर्वमा सबै मनोकामना पूरा हुने क्षमता भए पनि खासगरी पुत्रलाभ र असाध्य रोगहरुबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । छठपर्व पौराणिककालदेखि नै चलिआएको धार्मिक परम्परा हो । फोटो साभार बाबुराजा थापा / अनलाइन





