उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापान

गोर्खा अनलाइन रेडियो लन्डन,

षष्ठीका दिन बेलुकी अस्ताउन लागेको सूर्रयलाई पूजा गर्दै आरम्भ भएको मौलिक पर्व छठको आज सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई दिंदै यस पर्वको छठ पर्वको समापन गरीएको छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् ।
वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो । पहिले मिथिलावासीले मनाउने यो पर्वले अहिले मिथिला–अवधी संस्कृति जोड्दै छ । मिथिलावासी अति कम रहेको यहाँ बिस्तारै अवधी र पहाडी दुवै समुदायको मुख्य पर्व बन्न पुगेको छ ।

शिव र शक्तिको संयुक्त पूजा हुने छठपर्वमा सबै मनोकामना पूरा हुने क्षमता भए पनि खासगरी पुत्रलाभ र असाध्य रोगहरुबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । छठपर्व पौराणिककालदेखि नै चलिआएको धार्मिक परम्परा हो । फोटो साभार बाबुराजा थापा / अनलाइन

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित