संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराई लन्डन विमानस्थालमा भव्य स्वागत

गोर्खा आनलाइन रेडियो, लन्डन
नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत आइपुगेका छन् । मन्त्री योगेश भट्टराईको साथमा सहसचिव घनश्याम उपाध्याय, पर्यटन बोर्डका कार्यकारी अध्यक्ष दिपक जोशी र अधिकृत लक्ष्मण गौतम लगायत लन्डन आइपुगेका छन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, प्रवक्ता शरदराज आरण, दुतावासका तृतीय सचीव तेजेन्द्र रेग्मी हिथ्रो विमानस्थलमा मन्त्री भट्टराईको स्वागतका लागि पुगेका थिए। यस्तै प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी , पूर्वअध्यक्ष रामशरण सिमखडा पनि मन्त्री भट्टराईको स्वागतका लागि विमानस्थल पुगेका थिए।

मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुने वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आइ पुगेका हुन् । एक साता लामो बेलायत भ्रमणका क्रममा भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलबार दूतावासमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन्।

त्यसैगरी मन्त्री भट्टराईले गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा आयोजनामा गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्ने तथा वेलायतस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित